कियाको दुई मोडलका गाडी किन्दा चार लाख रुपैयाँसम्म छुट

३ बर्ष अगाडि

काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक छुट पाउन सकिने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त छुट पाउने छन् । 
ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले छुटका अतिरिक्त अन्य सुविधा पनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ । 

यस्तै कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना अन्तर्गत दिएको छुट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ ।

यसैबीच कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया