काठमाडौं – पछिल्लो समय घटेर केही दिन स्थर रहेको सुनको मुल्य मंगलबार (आज) पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबार सुनको मुल्य ९३ हजार ३०० रुपैयाँ थियो ।
आजका लागि तेजावी सुनको मुल्य भने ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला ११५० रुपैयाँ थियो । आज त्यो बढेर ११७५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया