सरकारले घटायाे विद्युतीय गाडीको आयातमा लाग्ने कर

३ बर्ष अगाडि

सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने कर घटाएको छ। चालू आर्थिक वर्षको बजेटमार्फत बढाएको अन्तशुल्क आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो।
 
बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी आयत गर्दा अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएका थिए । 

घटाएको करको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए। जसमा विद्युतीय गाडीमा करको महसुल दर पनि पर्छ।

मन्त्रिपरिषले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन अर्थमन्त्रालयले सक्ने गरी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया