खुल्यो नेपालीका लागि इजरायलको श्रम बजार

३ बर्ष अगाडि

काठमाडौँ। नेपालीको रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलको श्रम बजार खुला भएको छ । नेपाल र इजरायलबीच श्रम सम्झौता भएसँगै विशिष्ट सीप भएका नेपालीका लागि इजरायलको श्रम बजार खुला भएको हो ।

नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी आस्खेनाजीबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा बुधबार हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर भएसँगै केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर आउने अपेक्षा गरिएको छ ।

दूतावासका अनुसार प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुने गोरखापत्रमा खबर छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया