सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ ।
नेकपालले भोली अपराहृन ४ बजे बैठक बोलाएको हो ।
आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।
सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया