गृहमन्त्री थापालाई प्रश्न : 'सवा २ सय देशलाई उछिनेर सबैभन्दा बढी बलात्कार हुने देश नभएसम्म चुप लागेर बस्ने हो ?'

शुक्रबार, १६ असोज २०७७, १३ : ४५

काठमाडौँ – दिनप्रति दिन बढ्दै गएका  बलात्कारका घटनाविरुद्ध शुक्रबार पनि  काठमाडौँमा  प्रदर्शन भइरहेको छ । 

समाजवादी महिला संघको अगुवाइमा आज पनि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो। प्रदर्शनमा हालै गृहमन्त्रीले बलात्कारसम्बधि व्यक्त गरेको अभिव्यक्तिविरुद्ध  नाराबाजी गरेका छन्।

गृहमन्त्री रामबहादुर थापाले , 'झन्डै सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन। न्यूनीकरण गर्ने सन्दर्भमा सरकारको तर्फबाट प्रयासहरू भएका छन्।'

'‘सवा दुई सयमध्ये हाम्रो स्थान पछाडि आउँछ। पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौँ भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरू अमेरिका, दक्षिण अफ्रिका देखिन्छन्,' गृहमन्त्रीले भनेका थिए ।

‘गृहमन्त्री ज्यू, 'सवा २ सय देशलाई उछिनेर विश्वको सबैभन्दा बढी बलात्कार हुने देश नभएसम्म हामी चुप लागेर बस्ने हो ? ’ भन्दै माइतिघरमा प्रदर्शन भएको हो ।

 

 

शुक्रबार, १६ असोज २०७७, १३ : ४५

प्रतिक्रिया