डा. केसीलाई  अनशन तोड्न पूर्वराष्ट्रपति यादवको आग्रह

शुक्रबार, १६ असोज २०७७, १४ : २६

डा गोविन्द केसी अहिले १९ औँ अनशनमा छन्।

आठ दिनसम्म जुम्लामा अनशन बसेका डा। केसी गएको बुधवारयता काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।

पूर्वराष्ट्रपति डा‍ रामवरण यादवले शिक्षण अस्पताल पुगेर आज डा. केसीसंग भेट गरेका छन । पूर्वराष्ट्रपति यादवले डा। केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राखेर अनशन तोड्न समेत आग्रह गरेका छन्।

‘उहाँको हेरचाह गर्नेदेखि उपचारमा संलग्न सबै प्रशंसायोग्य हुनुहुन्छ। म सरकारलाई पनि गम्भीर भएर उहाँले उठाएका जनताका साझा समस्या समाधानको लागि आग्रह गर्दछु,’ केसीलाई भेटेपछि डा। यादवले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ।’

सत्याग्रही डा. केसी राज्यको अमूल्य सम्पत्ति भएको र उनको स्वास्थ्य सम्वेदनशीलतामा  यादवले चिन्ता व्यक्त गरेका छन ।

शुक्रबार, १६ असोज २०७७, १४ : २६

प्रतिक्रिया