कोरोना  सङ्क्रमितको एम्बुलेन्समा मृत्यु

शुक्रबार, १६ असोज २०७७, १९ : ००

कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । 

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ । 
 

शुक्रबार, १६ असोज २०७७, १९ : ००

प्रतिक्रिया