प्रदेश ५ सरकारले राजधानीका लागि प्रस्ताव गरेको दाङको भालुवाङ क्षेत्र वरिपरि जग्गा किनबेच र कित्ताकाट रोक्का गरिएको छ । प्रदेश सभामा राजधानीको लागि प्रस्ताव पेश भएपछि मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले दाङको राप्ती गाउँपालिका क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्वर १,२,३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ८ र ९ मा जग्गा किनबेच र कित्ताकाट गर्न रोक लगाएको हो ।
यसअघि स्थायी राजधानी तोकिने संभावित स्थानहरु रुपन्देहीको बुटवल वरिपरि, कपिलवस्तु र दाङ्गको भालुवाङ्ग क्षेत्रमा जग्गा दलालहरुले धेरै जग्गा किनेर राखेका थिए । राजधानी तोक्ने प्रस्ताव पेश हुनु अघिदेखि नै भालुबाङ्ग क्षेत्रमा धेरै जग्गा कारोबारीहरु पुगेर प्लटिङ र किनबेचका लागि प्रकृया शुरु गरेका थिए ।
a
राजधानी तोकिएको क्षेत्र वरिपरि चर्को मूल्यमा घडेरीको कारोबार भई खेतियोग्य जग्गा मासिने भएको कारण जग्गा किनबेचमा रोक लगाइएको मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेद सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिँहदरवारलाई जग्गा किनबेच रोक्ने विषयमा समन्वय गरिदिन पनि अनुरोध गरेको छ ।
त्यस्तै प्रदेश सरकारले दाङ्गको लमही र अर्घाखाँची मालपोत कार्यालयलाई पनि स्थायी राजधानी तोकिएसँगै जग्गा कारोवारीहरु सक्रिय हुन थालेका छन् ।
प्रतिक्रिया