प्रधानन्यायाधीश राणालाई कोरोना पुष्टि भएसंगै  होम आइसोलेशनमा

आइतबार, १८ असोज २०७७, १३ : ०५

प्रधानन्यायाधीश  चोलेन्द्र शमशेर राणा होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश राणा होम आइसोलेशनमा बसेका हुन् । 

सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ । 

न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । 

हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।

आइतबार, १८ असोज २०७७, १३ : ०५

प्रतिक्रिया