भद्रपुरको काली मन्दिरमा सार्वजनिक जमरा नराखिने

सोमबार, १९ असोज २०७७, १२ : ३१

कोभिड–१९ का कारण विगतमा झै यस वर्ष भद्रपुर नगरपालिका–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । 

मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले धार्मिकस्थल मन्दिर सञ्चालन र भेला हुनसमेत बन्देज गरेकाले जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिए ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दु परम्परानुसार घटस्थापनामा जमरा राखी नवरात्रीभर पूजाआजा गरिँदै आएको थियो । समितिका अध्यक्ष भीम पौडेलले भन्नुभयो “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।” 

सोमबार, १९ असोज २०७७, १२ : ३१

प्रतिक्रिया