दमौली जिल्ला कारागारमा आइसोलेसन कक्ष निर्माण

सोमबार, १९ असोज २०७७, १२ : ३५

सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा पन्ध्र श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । 

कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको उनले बताए। 

पच्चीस जना क्षमताको उक्त कारागारमा हाल १३२ कैदी र ६४ थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । पुरानो कारागार भवनलाई ब्लक ‘ए’ र नयाँ भवनलाई ब्लक ‘बी’ गरी नामाकरण गरिएको उनले बताए। कारागार परिसरमा तीन भवन निर्माण पश्चात कैदीबन्दीलाई सहज भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

सोमबार, १९ असोज २०७७, १२ : ३५

प्रतिक्रिया