महामारीमा पनि विदेशीनु पर्ने बाध्यता,  दुई महिनामा ५ हजार नेपाली बैदेशिक रोजगारमा गए

असोज २२, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं –कोरोना भाइरसको महामारीमा पनि नेपाली कामदारहरु बैदेशिक रोजगारमा जान बाध्य भएका छन् । यो महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कि रहेका पनि छन् । त्यसको विपरीत महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि सरकारले अब नेपालमा रोजगारी सिर्जना गर्ने भनेको छ । तर, त्यस सम्बन्धमा उचित कार्यायोजना नहुदाँ नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ । 

बैदेशिक रोजगार बिभागका अनुसार भदौ महिनामा मात्र १५२५ जना नेपाली कामदार बैदेशिक रोजगारमा गएका छन् । त्यसमा १३२७ जना नेपाल आएर पनः बैदेशिक रोजगारीमा गएका हुन् । त्यस बाहेकमा पनि नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका हुन् । 
कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो । तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ । 
यस्तै, साउन महिनामा ३१५२ जना कामदार विदेश गएका छन् । त्यसमा ३ हजार १२ जना कामदार विदामा आएर फर्किएका छन् । त्यसबाहेका भने नयाँ श्रमस्वीकृति लिएर विदेश गएका छन् । 
जसअनुसार चाल आवमा  ४ हजार ६७७ जना नेपाली बैदेशिक रोजगारमा गएको देखिन्छ । विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८