प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सङ्क्रमणमुक्त

शुक्रबार, २३ असोज २०७७, ०७ : ०२

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् । 

बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन । उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उनीसँगै  प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेका छन् ।

शुक्रबार, २३ असोज २०७७, ०७ : ०२

प्रतिक्रिया