ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?

आइतबार, २५ असोज २०७७, १० : ५०

काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत शुक्रबार पनि सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९५ हजार ६०० तोकेको छ । शुक्रबार सुनको मुल्य रु. ९४ हजार ८०० थियो । आजका लागि तेजावी सुनको मुल्य भने रु. ९५ हजार १०० रहेको छ । 
यस्तै, आज चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला रु. १२३५ रहेको छ, शुक्रबार चाँदीको मुल्य ११९५ रुपैयाँ थियो । 

आइतबार, २५ असोज २०७७, १० : ५०

प्रतिक्रिया