शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

आइतबार, २५ असोज २०७७, १८ : ५२

काठमाडौं ,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आइतबार कोरोना भाइरस संक्रमण भएको छ।

ज्वरो आएपछि पाटन अस्पताल पुगेका मन्त्री पोखरेलको कोरोना परीक्षणका क्रममा आइतबार रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार ज्वरो आएर उपचारका लागि पाटन अस्पतालमा पुगेका मन्त्री पोखरेललाई कोरोना संक्रमण देखिएको हो।

‘ज्वरो आएपछि उहाँ शनिबार पाटन अस्पताल जानुभएको थियो। आज रिपोर्ट पोजेटिभ आयो,’ खड्काले भने। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि खड्काले देशसञ्चारसँग जानकारी गराए।

आइतबार, २५ असोज २०७७, १८ : ५२

प्रतिक्रिया