लक्षणयुक्त संक्रमणले बढायो मृत्यु

सोमबार, २६ असोज २०७७, ०८ : ३६

लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् ।
 नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हजार निको पनि भएका छन् । सक्रिय संक्रमित उल्लेख्य रूपमा कम नभएसम्म मृत्यु हुनेहरूको संख्या बढिरहने विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलोजिस्ट डा वासुदेव पाण्डेले मुलुकमा हालसम्मको मृत्यु संख्या हेर्दा दर बढेको भन्न नसकिने भए पनि पछिल्ला दिनमा बढी व्यक्तिको मृत्यु भइरहेको बताए ।कान्तिपुर दैनिकमा खबर छ । 

सोमबार, २६ असोज २०७७, ०८ : ३६

प्रतिक्रिया