पत्रकार गाउँलेलाई मातृशोक

सोमबार, २६ असोज २०७७, १३ : ०८

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । 

उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । 

बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो । 

उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए ।

सोमबार, २६ असोज २०७७, १३ : ०८

प्रतिक्रिया