जेनरलको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने

मंगलबार, २७ असोज २०७७, ०७ : ०९

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।

हिजो कम्पनीको १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएसँगै आजबाट कारोबार हुन लागेको हो ।

जनरल इन्स्योरेन्सलाई नेप्से ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको छ।

 यस अघि कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

उक्त आईपीओमा ८ लाख भन्दा धेरैले आवेदन दिए सँगै न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाएका थिए ।
 

मंगलबार, २७ असोज २०७७, ०७ : ०९

प्रतिक्रिया