मेसिनले धान काट्दै मकवानपुरका किसान

३ बर्ष अगाडि

परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न  विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउनुहुन्छ ।

अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषि यान्त्रिकीकरण प्रवद्र्धन गर्न  धान काट्ने उपकरण वितरण गरिएको उहाँले बताउनुभयो । यसै वर्ष कृषिका लागि बहुउपयोगी ठूला ट्र्याक्टर वितरण गरिने उहाँले जानकारी दिनुभयो । कृषि उपकरण वितरणमा सहकारीसँग साझेदारी गरिएको भए पनि अबका दिनमा किसान र सहकारीले ५० प्रतिशत लगानी व्योहोर्नुपर्ने र बाँकी ५० प्रतिशत गाउँपालिकाले व्योहोर्ने गरी योजना बनाइने उहाँको भनाइ छ ।

यसैबीच एक कार्यक्रमकाबीच मकवानपुरगढी गाउँपालिकाका  अध्यक्ष बिदुर हुमागार्इँले कृषि सहकारीलाई मेसिन हस्तान्तरण गर्नुका साथै धान काटेर मेसिनको उद्घाटन गर्नुभयो । अध्यक्ष हुमागाईँले श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी–३ का प्रबन्धक  गीता लम्साल र एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपिएम० कृषक सहकारी संस्था लिमिटेड मकवानपुरगढी–६ का उपाध्यक्ष बद्रीप्रसाद दाहाललाई उपकरण हस्तान्तरण गर्नुभएको हो । एक घण्टामा १० कठ्ठाभन्दा बढी क्षेत्रको धान काट्न मिल्ने उपकरणको प्रयोग सामान्य तालिमप्राप्त जोकेहीले पनि गर्न सक्ने मकवानपुरगढी गाउँपालिका–६ का अध्यक्ष टीकाप्रसाद दाहालले बताउनुभयो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया