काठमाडौं – बुधबार पनि सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि सुनको मल्य रु. ९४ हजार ५०० तोकेको छ । हिजो सुनको मल्य ९५ हजार १०० रुपैयाँ थिया ।
यस्तै, आज तेजावीको सुनको मुल्य रु. ९४ हजार तोकिएको छ ।
यसैगरि, आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । हिजो प्रतितोला रु. १२२५ मा चाँदीको कारोबार भएकोमा आज रु. १२०५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले बताएको छ ।
प्रतिक्रिया