झापुटारमा खानेपानीको समस्या

असोज ३०, २०७७ | आजको अर्थ
ajaako_artha

तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रका  स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका छन् । 

तनहुँ जलविद्युत् आयोजनाको काम गर्दा र केही दिन अघि परेको वर्षातपछि गएको पहिराका कारण खानेपानीमा क्षति पुगेपछि बेलटार र झापुटार बजार क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्नुपरेको हो । 

धारामा पानी नआएपछि बञ्चरे भन्ने स्थानबाट एक घण्टाको पैदल हिँडेर पानी ल्याउनुपरेको स्थानीय कालीमाया थापाले दुखेसो पोखे । “टाढाबाट पानी बोकेर घरव्यवहार चलाउन गाह्रो पो हुँदोरहेछ”, उनले भने। यसक्षेत्रमा करिब ५०० घरधुरीका मानिस पानीको समस्या झेल्दै आएका छन् । स्थानीयवासीले खाँदै आएको पानीको पाइप आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो । खानेपानी अवरुद्ध भएपछि आयोजनाले ट्याङ्करमार्फत वितरण गर्ने पानी टाठाबाठाले त एक दुई गाग्री पानी थाप्न पाउँछन् तर सिधासाधा त कुँवाको पानी पिउन बाध्य रहेको स्थानीय टेकबहादुर गर्जामगरले बताउनुभयो । झापुटारमा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाले १४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न सुरुङ निर्माणको लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको हो । 

एक महिना अघिदेखि करिब २०० मिटर खानेपानी पाइपमा क्षति भएपछि स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएको दीपेन्द्र शाहीले बताए। उक्त खानेपानी क्षेत्रमा भएको क्षतिको विवरण तयारी गरी लागत इष्टिमेट गर्ने कार्य भैरहेकाले तत्काल पानी पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए।  बस्तीदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको पाइपमा क्षति पु¥याएपछि खानेपानीको समस्या भएको उनले जानकारी दिए। खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरेपनि पर्याप्त मात्रामा पाउन नसकेको स्थानीवासीको गुनासो रहेको छ ।  

तनहुँ हाइड्रोको सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना सञ्चालन हुँदै आए पनि लामो समयदेखि पानी अवरुद्ध हुँदा स्थानीयवासीले लामो दूरीबाट पानी बोकेर खानु परेको छ ।  आयोजनालाई पटक पटक खानेपानीको विषयमा जानकारी गराएपनि बेवास्ता गरिएकाले स्थानीयले पानीको समस्या भोग्नुपरेको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए । आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको धेरै माग रहेकोले प्राथमिकताको आधारमा क्रमिक रुपमा पूरा गर्दै जाने योजना रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८