बिहादी गाउँपालिकाको आफ्नै भवनवाट सेवा शुरु

३ बर्ष अगाडि

दक्षिण पर्वतको बिहादी गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा शुरु गरेको छ । 

गाउँपालिका स्थापना भएदेखि हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको पालिकाले यसै सातादेखि आफ्नै भवन निर्माण सम्पन्न गरी सेवा दिन थालेको हो ।

विकट भए पनि मासिक करीब रु ३२ हजार भाडा तिर्दै आएको गाउँपालिकाले अहिले आफ्नै भवनबाट सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए। 

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु ५० लाखको लागतमा सातकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह र सेवाग्राहीलाई सेवा लिन सहज भएको अध्यक्ष भुसालले बताए ।

पर्वतका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका तथा जलजला, मोदी र  पैंयु गाउँपालिका भाडाका घरमा सञ्चालित छन् । त्यसैगरी फलेवास नगरपालिका तथा महाशिला र बिहादी गाउँपालिका आफ्नै भवन निर्माण गरेर सञ्चालन भएका छन् । उत्तरी क्षेत्रको जलजला गाउँपालिकाले भवन निर्माणका लागि जग्गा खोजी गरिरहेको छ भने मोदीले यस वर्षदेखि भवन निर्माण शुरु गर्ने जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया