नेपालगञ्जमा सुविधासम्पन्न नगर भवनको निर्माण कार्य द्रुतगतिमा अघि बढेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरमा निर्माणाधीन भवन निर्माणको कार्यले गति लिएसँगै निर्माणको भौतिक प्रगति ५५ प्रतिशत पुगेको शहरी विकास तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जका सूचना अधिकारी होमनाथ भुसाालले जानकारी दिए ।
उनका अनुसार सङ्घीय सरकारको रु। ३२ करोड ४ लाख ६३ हजारको लागतमा निर्माणाधीन ८ सय जना ब्यक्ति अट्न सक्ने क्षमताको यो नगर भवन २०७८ साउन २५ भित्र तयार गरी सक्ने लक्ष्य रहेको छ ।
निर्माण कार्यको ठेक्का लामा कन्ट्रक्सन कम्पनी प्रालि। काठमाडौँले पाएको छ । ठेक्का सम्झौता २०७५ माघ २५ गते भएको हो । नेपालगञ्जबाट करीब ४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित भवानियापुर गाउँमा निर्माणाधिन नगर भवन शहरको कोलाहलभन्दा टाढा एकान्तमा छ ।
नेपालगञ्जमा अहिले ठूला सभा सम्मेलन गर्नपरे होटल खोज्दै हिड्नुपर्ने बाध्यता रहेको छ । नगर भवन निर्माण भएपछि सरकारी तथा अन्य ठुला कार्यक्रमको लागि हल खोज्दै हिँड्नुपर्ने वाध्यताको अन्त्य हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए। सुविधा सम्पन्न नगर हलले वडा नं। १४ कै विकासमा योगदान पु¥याएको वडाध्यक्ष ओमकार मिश्राले बताए ।
सङ्घीय सरकारले भवानीयापुरमा नगर हल बनाउने कार्यले वडा नं। १४ को विकास निर्माण र महत्वलाई ध्यान दिएको स्थानीय अगुवा मनोज बर्माका भनाइ छ ।
प्रतिक्रिया