नेकपा चितवनका युवा नेतामाथि गम्भीर आरोप

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका एक स्थानीय नेतामाथि गम्भीर आरोप लागेको छ । भरतपुर महानगरपालिका नेकपा वडा कमिटीका एक नेताले महिलाहरुलाई अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने गरेको आरोप लागेको हो ।

सामाजिक संजालमा असाध्यै सकृय उनले सामाजिक संजालमार्फत महिलाहरूसँग सम्बन्ध जोड्ने र पछि यौन शोषण गर्ने गरेको घटनाहरू बाहिर आएका हुन् । सो विषयलाई लिएर केही महिलाले पार्टीमा उजुरी नै हालेपछि घटना बाहिर आएको हो । 

करिब १ महिना अगाडि माडी नगरपालिकाको एक महाशाखामा कार्यरत सरिता पौडेल (नाम परिवर्तन)ले उनको हर्कतविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा इन्चार्ज तथा भरतपुर महानगरपालिका अन्तरगतकाे साे वडाका अध्यक्षकहाँ‘ उजुरी दिएकी थिइन् । 

ति वडाध्यक्ष पीडितको बेलिबिस्तार म्यासेन्जरमा लेखिएका म्यासेज पढेर चकित परेको स्रोतको दाबी छ । महतोले आफ्नो क्षेत्रका इन्चार्ज रामजी प्रसाद सापकोटालाई घटनाबारे जानकारी गराएको र पार्टीले रामजी प्रसाद सापकोटा बिष्णुराज महतो सहितको छानबिन कमिटी बनाई अनुसन्धान थालेको स्रोतको दाबी छ । 

उनको हर्कत  र त्यस सम्बन्धी छानबिन भैरहेको कुरा भुसको आगौ झै फैलिदै गएपनि अहलेसम्म प्रहरीमा भने उजुरी परेको छैन। यद्यपी गत हप्ता नेकपा चितवनले उनलाइ पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी निष्कासन गरेको पार्टी स्रोतले बताएको छ ।  

नेकपा चितवनका एक सचिवालय सदस्यका पीडितहरूलाई थप कानुनी उपचार खोज्न समेत भनिएको छ । यस विषयमा आरोपित नेतासँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया