अस्पताल जाँदा मनोज गजुरेललाई कोरोना संक्रमण

३ बर्ष अगाडि

हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहीबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए। 

बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ ।

उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।

गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेका उनले अस्पतालबाटै संक्रमण भएकाे हुनसक्ने शंका गरेका छन् ।  

जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रवीन्द्र समिरको सुझाव, सल्लाह र 'कोभिड उपचार गाईडलाईन'मा रहेकाे उनले बताए । 

आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा 'पोजिटिभ' देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन उनले अनुरोध गरेका छन्।

 

३ बर्ष अगाडि

प्रतिक्रिया