मन्त्रीको दँशै मानव सेवा आश्रममाका अनाथहरूसँग

३ बर्ष अगाडि

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मानव सेवा आश्रमका अनाथहरुलाई टिका लगाएर विजयादशमी मनाएका छन् । 
आश्रममा भएका अनाथहरुलाई आफन्तको माया दिनका लागि बुटवलस्थित आश्रमका अनाथहरुलाई टिका र प्रसाद वितरण गरेर मन्त्री बरालले विजयादशमी मनाएका हुन् । 

विजयादशमी परिवार आफन्त हुनेहरुका लागि परिवारसँगै बसेर खुसीयाली मनाउने पर्व भएपनि आश्रममा भएका अनाथहरुलले आफन्तको अभावमा न्याश्रो महसुस गर्ने भएकोले त्यो अभाव हुन नदिन टिका लगाउन आश्रममा पुगेको मन्त्री बरालले बताए । 

‘मानवसेवा आश्रमले सडकबाट उद्धार गरेर असहाय र आफन्तविहीनलाई राखेकोले उहाँहरु आफन्तबिहीन हुनुहुन्छ,’, मन्त्री बरालले भने, ‘सबैले दँशैको खुसीयाली मनाउँदा उहाँहरुलाई न्यास्रो नलागोस् भन्ने सोँचले हामीले सपरिवार आश्रममै दँशै मनायौँ ।’ 

मन्त्री बरालसहित पत्नी नेकपा नेतृ लिला थापा बराल पनि टिका लगाउन आश्रम पुगेकी थिईन् । आश्रममा दशैं मनाएपछि थापाले कर्तब्यबोध सहितको दशैं मनाएको प्रतिकृया दिइन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया