हिरो, होन्डा र बजाजले युवालाई लक्षित गरेर नयाँ मोटरसाइकल ल्याउने

३ बर्ष अगाडि

तिहारपछि नेपालमा युवा पुस्ताको माग सम्बोधन गर्ने गरी मनै लोभ्याउने मोटरसाइकल आउने भएका छन् ।    हिरो, होन्डा र बजाजले युवालाई लक्षित गरेर नयाँ मोटरसाइकल ल्याउने तयारी गरेका हुन् ।

ती मोटरसाइकल दशैंको मुखमा सार्वजनिक गर्ने तयारी भए पनि यसपाली विक्रि हुन नसकेकोले तिहारपछि ल्याउने जनाएका हुन् । 

प्राप्त जानकारी अनुसार हिरोको एक्ट्रीम १६० आरले भारतमा निकै राम्रो बिक्री गरिरहेको छ । उक्त मोटरसाइकल हिरोको आधिकारीक वितरक एनजीमले नेपाल ल्याउने तयारी गरेको छ ।   हिरो एक्स्ट्रीम १६० आरले आरटीआर १६० फोर भी, एफजेड १५० सिरिजसँग प्रतिस्पर्धा गर्नेछ ।

हिरो एक्स्ट्रीम १६० आरमा रहेको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५।२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको एन्टी फिक्सन बुस टेलिस्कोपिक फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

त्यस्तै स्याकार ट्रेडिङले छिट्टै नेपाल ल्याउने तयारी गरेको होन्डा हर्नेट २.० पनि चर्चामा रहेको छ । हर्नेट २।० ले आरटीआर २००, एनएस २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ भने डोमिनार २५० ले यामाहा एफजेड २५ तथा जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

होन्डा हर्नेट २।० मा समान १८४।४ सीसी इन्जिन रहेको छ। हर्नेट २।०मा प्रयोग गरिएको इन्जिनले १७।२ बीएच पावर तथा १६।१ एनएम टर्क जेनेरेट गर्छ । यसमा एफआई इन्जिनको प्रयोग गरिएको छ ।
होन्डा २.० मा यूएसडी फर्क रहेको छ । यो सेग्मेन्ट फर्ष्ट  फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

त्यस्तै बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० सार्वजनिक गर्ने तयारी गरेको छ । दशैंमा सार्वजनिक गर्ने भनिएको भएपनि सार्वजनिक हुन नसकेको डोमिनार २५० कम्पनीले तिहारपछि बजारमा ल्याउने जनाएको छ ।
त्यस्तै बजाजले २५० सीसी सेग्मेन्टमा आउन लागेको यो मोटरसाइकलमा २४८।८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३।५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।


बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध रहेको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

तीन फरक सेग्मेन्टमा आउने यी मोटरसाइकलले नेपाली बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया