बैतडीमा गिट्टी कुट्दै गर्दा ढुङ्गाले लागेर मृत्यु

सोमबार, १७ कार्तिक २०७७, २१ : २२

बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका  ४० वर्षीया कौशा विष्ट रहेका छन् । 

खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए ।  गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको  र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 
 

सोमबार, १७ कार्तिक २०७७, २१ : २२

प्रतिक्रिया