काठमाडौं – बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा १०० ले मात्र घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मुल्य प्रतितोला रु. ९६ हजार ३०० थियो । आज त्यो घटेर ९६ हजार २०० रुपैयाँमा कामय भएको छ ।
यस्तै, तेजावी सुनको मुल्य ९५ हजार ७०० रुपैयाँ रहेको छ ।
आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १२०५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१० पुगेको महासंघको भनाइ छ ।
प्रतिक्रिया