खानेपानीको समस्या

विहीबार, २० कार्तिक २०७७, १४ : १४

उदयपुर, कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको  पानी उपभोग गर्न बाध्य हुँदै आएका छन् ।  हालसम्म शुद्ध  पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ ।  स्थानीय पूर्णबहादुर दनुवार भन्छन,“खानेपानीको अन्य विकल्प छैन ।  खोलाको पानी खान बाध्य छौँ । ”

स्थानीय पञ्चमान दनुवारले  खोलाको पानी उपभोग गर्दा  बिरामी हुने गरेको जानकारी दिए ।  कटारी ७ रिस्कुका वडाध्यक्ष धनबहादुर दनुवारले खोनेपानीको उचित प्रबन्ध गरिने लागेको जानकारी दिए  । 

कोरोना सङ्क्रमण 

त्रियुगा नगरपालिकाका आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलयका अनुसार सोमबार  नगरपालिकाका कर्मचारीको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो  ।

योसँगै  जिल्लामा  सङ्क्रमितको सङ्ख्या २५० पुगेको र ११ जना कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

विहीबार, २० कार्तिक २०७७, १४ : १४

प्रतिक्रिया