पछिल्लो २४ घण्टामा २१ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि, १७ जनाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १५ हजार नाघेको छ।

अहिले पुष्टि भएका २८,१०६ जना सक्रिय सङ्क्रमित छन्।

सरकारको तथ्याङ्कअनुसार बिहीवारसम्म नेपालमा १,२७६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा थप २,८५८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जना निको भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितहरू निको हुने दर ८६ प्रतिशत पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया