रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

मंसिर १२, २०७७ | आजको अर्थ
ajaako_artha

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ ।

रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका हुन ।

राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताए ।  

उनले भने, “आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ, यो बर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ ।” 

रुसले कोरोनाभाइरसविरुद्ध दुई खोप बनाएको छ । एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याककोरोना हो । 

तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही बर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन् । 

सरकारले नयाँ बर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन । यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८