काठमाडौं – सोमबार सुनको मुल्य घटेको छ । आज सुनका मुल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
हिजो सुनका मुल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज तेजावी सुनको मुल्य भने ९२ हजार १५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मल्य पनि आज घटेको छ । हिजो १२१० रुपैयाँ रहेको चाँदीको मुल्य आज ५ रुपैयाँले घटेर १२०५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया