सर्वोच्चले रोक्यो जग्गाको कित्ताकाट

बुधबार, २४ मंसिर २०७७, १० : ४७

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न रोक लगाइदिएको छ ।

यस अघि सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो ।

यस अघि मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी,सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले मंगलबार अन्तिम निर्णय दिएको हो ।

बुधबार, २४ मंसिर २०७७, १० : ४७

प्रतिक्रिया