फेरी घट्यो सुनको मुल्य, तोलाको कति ?

बुधबार, २४ मंसिर २०७७, ११ : २७

काठमाडौं – मंगलबार ह्वात्तै बढेको सुनको मुल्य बुधबार भने घटेको छ । आज सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हो  
हिजो सुनको मुल्य ९४ हजार १०० रुपैयाँ थियो । आज त्यो घटेर ९३ हजार ४०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ९५० रहेको छ । 
आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । हिजो १२३५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँमा झरेको छ । 
 

बुधबार, २४ मंसिर २०७७, ११ : २७

प्रतिक्रिया