किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

विहीबार, २५ मंसिर २०७७, ०९ : ३२

चितवनको इच्छाकामना  गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ ।

पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उहाँले बताउनुभयो । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ ।    

उहाँका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन  गरिएको थियो ।  
  
यसैबीच  वडाले १० जना किसानलाई जनही एक÷एक वटा  हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी  १० जना किसानलाई उक्त हजारी  निःशुल्क वितरण गरिएको हो । 
 

विहीबार, २५ मंसिर २०७७, ०९ : ३२

प्रतिक्रिया