काठमाडौं – बिहीबार पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।
हिजो सुनको मुल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । आज त्यो घटेर रु. ९२ हजार ५०० पुगेको छ । आज तेजावी सुनको मुल्य भने ९२ हजार ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ हिजो १२१५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२०० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया