काठमाडौँ – आइतबार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
त्यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।
प्रतिक्रिया