काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबास सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज सुनचाँदीको कारोबार शुक्रबारको मुल्यमा गर्न सकिने छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मुल्य स्थिर भएको बताएको हो ।
जसअनुसार आज सुनको मुल्य प्रतितोला रु. ९२ हजार ५०० रहेको छ । तेजावी सुनको मुल्य भने ९२ हजार ५० रुपैयाँ रहेको छ।
यसैगरि चाँदीको मुल्य प्रतितोला १२०० कायम गरिएको महासंघको भनाइ छ ।
प्रतिक्रिया