काठमाडौं – सोमबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मुल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ४०० रुपैयाँमा झरेको छ ।
यस्तै, तेजावी सुनको मुल्य ९१ हजार ९५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि प्रतितोला १२०० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ ।
प्रतिक्रिया