चाउचाउको निर्यात करिब ८० प्रतिशतले बढ्यो

मंगलबार, ३० मंसिर २०७७, १३ : ०३

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा चाउचाउ, पास्ता जस्ता बस्तुका निर्यात ७१.९ प्रतिशतले बढाएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
चालु आवको समिक्षा अवधीमा ६८ करोड ७२ लाख रुपैयाँको चाउचाउ, पास्ता निर्यात भएको छ । गत आवको सोही अवधीमा भने ३९ करोड ९६ लाख ७३ हजारको चाउचाउ निर्यात भएको थियो । 
यस्तै, गत आवमा भने १ अर्ब ९ करोड ८५ लाख रुपैयाँको चाउचाउ, पास्ता निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ । 
तथ्यांकअनुसार पछिल्लो समय चाउचाउको निर्यात बढ्दै गएको छ । पहिला कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीले गर्दा यसको निर्यातमा कमी आएको थियो । तर, बन्दाबन्दी खुलेपछि भने चाउचाउको निर्यात ह्वात्तै बढेको छ । 
बिशेषगरि नेपालदेखि भारत लगायतका मुलुकमा यसको निर्यात हुने गरेको छ । 

मंगलबार, ३० मंसिर २०७७, १३ : ०३

प्रतिक्रिया