‘हेमचन्द्र स्मृति पुरस्कार कोष’ स्थापित

बुधबार, ०१ पुस २०७७, १७ : १५

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ‘हेमचन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको छ । 

गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना भएको हो । 

महासङ्घ बागलुङ शाखाका साधारण सदस्य तथा कानून व्यवसायी राम शर्मा र उहाँको परिवारले आफ्ना दिवङ्गत बाबुआमाको स्मृतिमा कोष स्थापना गरेको शाखा अध्यक्ष दिल शिरिषले बताए। रु दुई लाख ५० हजारको अक्षयकोषबाट आउने ब्याज रकमले हरेक वर्ष साधारणसभाका अवसरमा उक्त पुरस्कार वितरण गरिनेछ ।

“पारदर्शिता र जवाफदेहिताको विकासमा यो कोषले थप टेवा पु¥याउनेछ”, अध्यक्ष शिरिषले भने, “पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कारले ऊर्जा भर्नेछ ।” यसअघि पत्रकार महासङ्घ बागलुङ शाखाले नन्दहरि क्रियाशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । नयाँ कोष स्थापना भएसँगै महासङ्घ बागलुङ शाखामा तीनवटा पत्रकारिता पुरस्कार पुगेका छन् ।
 

बुधबार, ०१ पुस २०७७, १७ : १५

प्रतिक्रिया