बिहिबार कस्तो रहने देशभरको मौसम ?

विहीबार, ०२ पुस २०७७, ०८ : ३१


काठमाडौँ – देशका केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

उल्लेखनीय मौसमी प्रणाली नरहेकाले अधिकांश क्षेत्रको मौसम सफा रहने पनि केही स्थानमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

विहीबार, ०२ पुस २०७७, ०८ : ३१

प्रतिक्रिया