काठमाडौँ – नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको टप तीनमा पुगेका छन् ।
बुधबार राति बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट तीन सेफको स्थानमा पर्न सफल भएका हुन् ।
सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए । प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिएका थिए ।
प्रतियोगिताको फाइनल आज हुँदैछ । प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।
https://www.facebook.com/646087348/videos/10158747270622349/
प्रतिक्रिया