भारतसँगै नेपालमा पनि आउने भयो महिन्द्रा विद्युतीय कार

३ बर्ष अगाडि

भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले विद्युतीय कार परिक्षण सक्नेवित्तिकै नेपालमा पनि बिक्री शुरु गर्ने भएको छ । 

हाल सबै किसिमको परिक्षण सकेर विक्री तयारीमा रहेको विद्युतीय कार केयूभी – १०० भारतसँगै नेपालमा पनि ल्याउने तयारी भइरहेको हो । 

नेपालमा महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीका अनुसार नयाँ इलेक्ट्रीक केयूभी–१०० भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपालमा सार्वजनिक हुने छ ।

कोभिड संक्रमणको कारण कम्पनीले यसको विक्री सुरु गर्ने मिति सार्दै आएको भएपनि आउने जनवरीदेखि बिक्रीको अन्तिम तयारी गरेको छ । 

४० किलोवाटको नयाँ मोटर दिइएको यो कारको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।

गाडीमा प्रयोग भएको लिथियम आयोन व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ । ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने जनाइएको छ । 

निकै प्रतिक्षित कारको रुपमा रहेको महिन्द्रा इकेयूभी–१०० करिब ३५ देखि ४० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान कम्पनीको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया