महामारीमै नेपाल भित्रिए विश्चर्चित ३ सवारी, बिक्रिमा नयाँ रेकर्ड

३ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व आक्रान्त भइरहेको बेलामा पनि नेपाली अटोमोवाइल बजारमा विश्वचर्चित ३ नयाँ ब्राण्डका सवारीसाधन भित्रिएका छन् ।  

महामारी र लामो समयसम्मको लकडाउनका बाबजुद  विश्वमै सर्वाधिक चर्चामा रहने बिएमडब्ल्यू कार तथा हस्कभर्ना र जावा गरी २ ब्राण्डका ले विक्री सुरु गरे ।

बिएमडब्ल्यूका उत्पादन नेपालमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले विक्री सुरु गरेको छ । 

त्यस्तै जावाको मोटरसाइकल अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्क र हस्कभर्नाका मोटरसाइकल हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नेपाल ल्याएका हुन् । 

नेपालमा आएको छोटो अवधिमै हस्कभर्नाले शुरुमै ल्याएको सबै यूनिट बिक्रि गरेरनयाँ रेकर्ड कायम गर्न सफल भएको छ । जावा मोटरसाइकल र विएमडब्ल्यु ब्राण्डका कारको बिक्री पनि निकै उत्साहजनक रहेको कम्पनीहरुले जनाएको छन् । 

बिएमडब्ल्यूको एक्स थ्री मोडल सोल्ड आउट भएको छ भने बिएमडब्ल्यू ७ सिरीजका दुबै कार बिक्री भएको छ । कम्पनीले बिक्री गर्ने अन्य मोडलको बिक्री पनि उत्साहजनक रहेको कम्पनीले जानकारी दिएको छ।

मूल्यका हिसावले महंगा यी तीनवटै यूरोपियन ब्राण्ड प्रिमियम उत्पादनको कारण विश्वमा चर्चामा रहदै आएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया