केही दिनभित्रै नेपाल आउने  बजाज डोमिनार २५० काे मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं ।  अबको केहि दिन भित्रै नेपाली बजारमा बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल डोमिनार २५०  सार्वजनिक गरिने भएको छ । 

बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले पुस महिना भित्रै डोमिनार २५० नेपालमा सार्वजनिक गर्ने भएको हो ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

२५० सीसी सेग्मेन्टमा आउने यो मोटरसाइकलमा २४८।८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिइएको छ ।

उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३।५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

बीएस ४ इन्जिनमा नेपाल आउने बजाज डोमिनार २५० को मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८० हजार रुपैयाँको बीचमा रहने अनुमान गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया