दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने ७ अर्ब नजिक

विहीबार, ०२ पुस २०७७, १५ : ३१

पछिल्लो दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आजपनि घटेर बन्द भएको छ।  

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक  २०३२.५१ विन्दुमा झरेर बन्द भएको हो । 

यो शुरुको कारोबारको तुलनामा २२.७० अंक अर्थात १.१० प्रतिशत कमि हो । 

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन १९५ कम्पनीको ६१ हजार ६०४ पटकको कारोबारमा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख १४ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहका मध्ये लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको ११७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । सो उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ। व्यापार र जीवन बीमा उपसमिूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री  भएको छ। 

आज कारोबारमा आएका तीन कम्पनीको सकरात्मक र्सकिट लागेको छ भने ४५ कम्पनीको शेयर मूल्य बढेको छ । महुली सामूदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, माउन्टेन इनर्जी नेपाल र छ्याङ्गदी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, आज नेप्सेमा १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

विहीबार, ०२ पुस २०७७, १५ : ३१

प्रतिक्रिया