काठमाडौँ, कोभिड १९ को महामारीका कारण उपत्यकामा लामो समयदेखि लागु हुँदै आएको सवारी साधनमा जोरबिजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ।
बिहीबार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले सवारी साधनमा लागु हुँदैआएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणाली हटे पनि स्वास्थ्य मापदण्ड भने सवारी साधनहरुले पालना गर्नुपर्नेछ। बैठकमा भएको सहमतिअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर सवारी साधन चलाउने जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले दिएका छन्।
प्रतिक्रिया